Technology Khabar ८ माघ २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, ८ माघ । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन ल्याउने तयारी गरिरहेको छ । आउँदो फेब्रुअरीमा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक हुने अनुमान गरिएको सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लस (Samsung Galaxy S9 and S9+) को फिचरहरुको बारेमा निरन्तर रिपोर्टहरु आएका छन् ।
सामसंगले एस नाइन तथा एस नाइन प्लस मोबाइल वल्र्ड कंग्रेसमा लन्च गर्न सक्ने छ, जून स्मार्टफोनमा रहेको आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित चीपका कारण निकै चर्चामा छ । यसअघि यस्तो चीप एप्पल र ह्वावेको फोनहरुमा मात्र प्रयोग भएको छ ।
सामसंगले नयाँ फ्ल्यागशिप फोनमा एआईमा आधारित चीपसेट स्न्यापड्रागन ८४५ प्रयोग गर्ने रिपोर्टहरु आएका छन भने केहि देशहरुमा एक्जोन ९८१० भर्सनमा पनि उपलब्ध हुनेछ ।
नयाँ फोनमा इन्फीनिटी डिस्प्ले प्रयोग हुनेछ भने यसअघिको भन्दा शक्तिशाली आइरिस स्क्यानर राखिनेछ ।
सामसंगको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्मार्टफोन हालै चीनमा थ्रीसी प्राप्त गरेको छ ।
सामसंगको नयाँ फोनका तीन मोडलहरु चीनमा अनुमतिका लागि दर्ता भएका थिए जसमध्ये एउटा चीनियाँ संस्करणको ग्यालेक्सी एस नाइन भएको र अर्को नाइन प्लस भएको बताईएको छ भने अर्को मोडल ५.८ इन्चको स्क्रीन भएको सानो आकारको ग्यालेक्सी एस नाइन प्लस स्मार्टफोन ताइवानको लागि भएको अनुमान छ ।
सामसंगको दुबै संस्करणका फोनहरु फास्ट चार्जिंग सहित आउनेछ ।
सामसंगको एस नाइन सिरिजमा सूपर स्पीड विशेषतासहितको १२ मेगापिक्सेलको ड्यूल पिक्सेल रियर क्यामरा राखिनेछ भने यसमा अप्टिकल इमेज स्टेबलाइजेसन हुनेछ । सो क्यामराले निकै स्लो मोसनको तस्विर समेत खिच्न सक्ने बताईएको छ । सो क्यामराले ४८० फ्रेम प्रति सेकेण्डमा फूल एचडी भिडियो खिच्न सक्ने बताईएको छ ।
यसको नयाँ सेन्सरले सूपर फेज डिटेक्सन अटोफोकस विशेषतासहित आउनेछ ।
एजेन्सी
प्रकाशित: ८ माघ २०७४, सोमबार