Technology Khabar ४ माघ २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ४ माघ । भिडियो कन्टेन्ट प्रदान गर्ने साइट यूट्यूबले आफ्नो नियमहरुमा परिवर्तन गरेको छ । यूट्यूबले यसअघिको भिडियो मनिटाइजेसमा परिवर्तन गर्दै थप कडा पारेको हो ।
अब यूट्यूवबाट सिधै पैसा कमाउने लक्ष्य राखेका प्रयोगकर्ताहरुको लागि भने नयाँ नियम ससक्त भएको छ ।
भिडियो कण्टेण्टमा सुधार ल्याउन र विज्ञापनदाताको गुनासोलाई सम्बोधन गर्ने गरि गुगलले भिडियो साइट युट्युबमा व्यापक परिवर्तन गरेको हो ।
यो परिवर्तन युट्युब प्रयोगमा आएपछिको सबैभन्दा ठूलो परिवर्तन भएको बताईएको छ ।
युट्युबले सार्वजनिक गरेको विज्ञप्तिमा आम्दानी गर्न सक्ने भिडियोको हकमा थप कडाई गरिने तथा चर्चित भिडियोमा नयाँ किसिमको प्रक्रिया लागु गर्ने उल्लेख गरेको छ ।
गत मार्चदेखि हिंसात्मक र जातिय विभेदका भिडियोमा पनि विज्ञापन देखिन थालेपछि युट्युबले त्यस्ता भिडियोहरुको बारेमा खराब प्रतिक्रिया प्राप्त गरिरहेको थियो।
गत अप्रिलमा विज्ञापन ‘बाइकट’ गर्न सकिने सुविधा युट्युबले थप गरेपछि कम्पनीले आम्दानीका लागि कम्तिमा दश हजार पटक भिडियो हेरिनुपर्ने ‘क्याप’ लागु गरेको थियो । अब गुगलले न्युनतम एक हजार सब्सक्राइबर र चार हजार पटक हेरिएको भिडियोको लागि मात्र विज्ञापन दिने भएको छ ।
यसको अर्थ यदि तपाईँले भिडियो पोष्ट गर्नुभयो र त्यसबाट आम्दानी गर्ने प्रकृयामा जानु भयोभने तपाईको च्यानलमा कम्तिमा १ हजार जनाले सब्सक्राइब गरेको हुनुपर्नेछ भने ४ हजार पटक सो भिडियो हेरिएको हुनुपर्नेछ, नत्र भने तपाईँलाई यूट्यूबले विज्ञापन दिने छैन् ।
खासगरी खराब किसिमका भिडियोलाई निरुत्साहित गर्न यस्तो क्याप लागु गर्न लागिएको गुगलको भनाई छ ।
प्रकाशित: ४ माघ २०७४, बिहीबार