
काठमाडौं ।
काठमाडौं, २५ पुस । सामसंगले अमेरिकामा आयोजना भईरहेको कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१८ मा नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । सामसंगले सार्वजनिक गरेको टेलिभिजन विश्वकै सबैभन्दा ठूलो आकारको रहेको छ, जून १४६ इन्चको रहेको छ ।
सामसंगले यो टिभीको नाम ‘दि वाल’ राखेको छ, जून विश्वको पहिलो मोडूलर माइक्रो एलईडी टिभी (Modular MicroLED TV) हो ।
यसअघि बजारमा ओएलईडी डिस्प्लेसहितका टिभीहरु आएका थिए तर अब माइक्रो एलईडीले ओएलईडीलाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ । माइक्रो एलईडीमा प्रत्येक पिक्सेलमा उनीहरुको आफ्नै लाइट हुन्छ जसले गर्दा एलसिडीको जस्तो ब्याक लाईट आवश्यक पर्दैन् ।
यसका साथमा माइक्रो एलईडीले उच्चस्तरको ब्राइटनेस, पावर कार्यदक्षता प्रदान गर्नुका साथै अहिलेको ओएलईडी डिस्प्लेभन्दा लामो अबधिसम्म टिक्दछ ।
यो टिभीको सबैभन्दा ठूलो विशेषता भनेको यसलाई आफूले चाहेअनुसारको साइजमा तयार पार्न सकिन्छ ।
सन् २०१८ मा उपलब्ध हुने यो टिभीमा कम्पनीले बिक्सबी सर्पोट दिनेछ ।
सन्२०१६ मा पनि सामसंगले १७० इन्चको मोड्यूलर टिभीको कन्सेप्ट प्रदर्शन गरेको थियो ।
अहिले सार्वजनिक गरिएको टिभी कहिले उपलब्ध हुनेछ र मूल्य कति हुन्छ भन्ने सार्वजनिक छैन् ।
प्रकाशित: २५ पुष २०७४, मंगलवार