एलजीको रेफ्रिजेरेटरलाई ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ दि ईयर’को अवार्ड

Technology Khabar २० पुष २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, २० पुस। विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भ्यू डोर इन डोर रेफ्रिजेरेटरलाई डिभाइस वल्र्ड २०१७ लिडरसिप अवार्डसले इनोभेटिभ रेफ्रिजेरेटर अफ दि ईयरको अवार्ड प्राप्त गरेको छ ।

एलजीको डोर इन डोर रेफ्रिजेरेटर यसअघि पनि पुरस्कृत भईसकेको कम्पनीले जानकारी दिएको छ । यो रेफ्रिजेरेटर पुन इनोभेटिभ रेफ्रिजेरेटरको रुपमा चिनिएको कम्पनीको भनाई छ ।

नेपाली बजारमा पनि एलजीको इन्स्टा भ्यू डोर इन डोर रेफ्रिजेरेटर उपलब्ध भएको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रालीले जनाएको छ ।

प्रकाशित: २० पुष २०७४, बिहीबार

तपाइको प्रतिक्रिया