क्यान महासंघ अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध, प्रदेश नम्बर ५/६ का लागि निर्वाचन

Technology Khabar ७ पुष २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, ७ पुस । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघको नयाँ नेतृत्वमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । हालका प्रथम उपाध्यक्ष समेत रहेका चौरसियाले मात्र अध्यक्ष पदमा दाबेदारी गरेपछि उनी स्वत निर्विरोध भएका हुन् ।

क्यान महासंघको नयाँ नेतृत्वमा अधिकांश सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश नम्बर ५र ६ का लागि भने निर्वाचन हुने भएको क्यान महासंघ सचिवालयले जानकारी दिएको छ ।

क्यान महासंघमा बिहिवार उम्मेद्वारी दर्ताको समयावधि तोकिएको थियो ।

क्यान महासंघले आज २४ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ, भने शनिवार क्यान महासंघको नयाँ नेतृत्व छनौट तथा औपचारिक घोषणा हुनेछ ।

क्यान महासंघको विधानअनुसार ३ जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा भने क्याबिनेट (निर्वाचित सदस्यहरुमध्ये) बाट छनौट गरिनेछ ।

क्यान महासंघमा कुल ४३ सदस्यिय केन्द्रिय कार्यसमिती रहेको छ ।

प्रकाशित: ७ पुष २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया