ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा शुरु

  • Technology Khabar | ६ पुष २०७४, बिहीबार
ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा शुरु

काठमाडौं ।

काठमाडौं, ६ पुस । ग्लोबल आइएमई बैंकले मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा खोलिएको शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरे । सो स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

प्रकाशित: ६ पुष २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...