Technology Khabar ५ पुष २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, ५ पुस । एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्टिच्यूट एण्ड स्टार्स अफ दि इण्डष्ट्रि ग्रुपद्धारा काठमाडौंमा आयोजित नेपाल बिएफएसआई एक्सेलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको वेष्ट ब्राण्ड अवार्ड बैंकिङ्ग सेक्टर र वेष्ट इम्प्लोयर ब्राण्डिङ्ग अवार्ड पाएको हो ।
संस्थाका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराले बैंकलाई सो अवार्ड प्रदान गरेको बैंकले जानकारी दियो ।
सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको बैंकले जानकारी दिएको छ ।
प्रकाशित: ५ पुष २०७४, बुधबार