फेसबुकमा तपाईँको फोटो कसैले अपलोड गरेमा नोटिफिकेसन आउने

Technology Khabar ५ पुष २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, ५ पुस । सामाजिक संजाल कम्पनी फेसबुकले अब नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ फिचरले तपाईँको फोटो पत्ता लगाउन फेशियल रिकोग्निसन प्रविधिको प्रयोग गर्नेछ । फेसबुकले यो प्रविधि यसअघि पनि प्रयोग गरिरहेको भएपनि अब भने नयाँ किसिमले यसको प्रयोग हुनेछ ।

यदि फेसबुकमा तपाईँको फोटो कसैले अपलोड गरेर पोस्ट गरेमा यो प्रविधिले तपाईँको फोटोको बारेमा तत्काल तपाईँलाई अलर्ट गरेर जानकारी दिनेछ । यस्तो नोटिफिकेसनमार्फत तपाईले आफ्नो फोटोमा नाम ट्याग गर्न सक्नुहुन्छ वा पोस्ट गर्ने व्यक्तिलाई सो फोटो हटाउन अनुरोध गर्न सक्नुहुनेछ । यो फिचरले भिडियोमा पनि काम गर्नेछ ।

फेसबुक फेस रिकोग्निसनको माध्यमबाट उनीहरुको पहिचानलाई व्यवस्थित गर्ने काममा सहयोग गर्दछ । यसले पहिले देखि नै ट्याग गरिएको फोटोहरुमा तपाईँको परिचयलाई पत्रा लगाउन सहयोग गर्दछ ।

यो टूललाई फेसबुकले निकै सरल बनाएको दाबी गरेको छ । यसको साथै यूजरहरुले यो फीचरलाई अन वा अफ गर्ने सुविधा पनि राखिएको छ ।

यो प्रविधिले तपाईँको फोटो ट्याग नगरिकन अपलोड गर्दछ वा कुनै ग्रुप फोटोमा तपाईँ हुनुहुन्छ भनेपनि तपाईँलाई नोटिफिकेसन आउनेछ ।
फेसबुकले सन् २०१० देखि नै फेस रिकोग्निसन फिचरको प्रयोग गरिरहेको छ ।

यसका साथै कम्पनीले छिटै प्रोफाइल फोटो सेफ्टीका लागि पनि फेशियल रिकोग्निसन प्रविधिको प्रयोग गर्ने जानकारी दिएको छ ।

कम्पनीले भनेको छ की– हामी चाहन्छौं की यूजर्सले जतिबेला फेसबुकमा आफ्ना फोटोहरु पोस्ट गर्दछन, त्यसबेला उनीहरुलाई त्यसको गलत प्रयोग नभएकोमा विस्वस्त हुन सकुन् ।

हाल यो फिचर क्यानाडा र यूरोपियन यूनियनबाहेकका सबैजसो देशहरुमा उपलब्ध भएको छ ।

यसको लागि तपाईँले आफ्नो फेसबुकको सेटिंगमा गएर फेशियल रिकोग्निसन अन अफ गर्न सक्नुहुनेछ वा त्यसको लागि फेसबुकको हेल्प सेन्टर मार्फत जानकारी लिनसक्नुहुनेछ ।

स्रोत

प्रकाशित: ५ पुष २०७४, बुधबार

तपाइको प्रतिक्रिया