
काठमाडौं ।
काठमाडौं, २६ मंसिर । तपाईँले मनपराउने र आफ्नो विवरणहरु भएको वेबसाइट कत्तिको सुरक्षित छ भन्ने प्रश्न सबैका सामु आउने गरेको छ । पछिल्ला दिनहरुमा इन्टरनेट प्रयोगकर्ताहरुले कुनै न कुनै वेवसाइटमा आफ्ना व्यक्तिगत वा गोपनिय विवरणहरु राख्ने गरेका छन् ।
तर त्यो वेवसाइट सुरक्षित छ वा छैन भन्ने विषयमा कसैले पनि ध्यान दिएको हुँदैन् । हालै इन्टरनेटमा सबैभन्दा धेरै हेरिने १००० वेवसाइटमध्ये हरेक वर्ष १० वटा ह्याक हुने संभावना रहेको एउटा अनुसन्धानले देखाएको छ । यस्तो ह्याक हुने लोकप्रिय वेबसाइट कतै तपाईँले डाटा राखेको वेबसाइट भयो भने त्यो पक्कै पनि समस्याको विषय हुन्छ ।
तर अनुसन्धानकर्मीहरुले त्यसको उपाय समेत पत्ता लगाएका छन् ।
अमेरिकाको क्यालिफोर्नियाको सान डियागो विश्वविद्यालयको प्रोफेसर तथा यो अनुसन्धानका वरिष्ठ लेखक एलेक्स सी स्रोरेनकाअनुसार कोई पनि यो भन्दा माथि छैनन, न कुनै कम्पनीहरु, न कुनै देश, तर यो हुनेछ । केबल यो कहिले हुन्छ भन्ने प्रश्न मात्र बाँकीछ ।
स्रोरेनका पीएचडी छात्रहरुमध्ये एक तथा अनुसन्धानका पहिलो लेखक जो डीबलासियोकाअनुसार यो एक प्रतिशत हेर्दा कुनै ठूलो विषय नलाग्न सक्दछ, तर विश्वमा लाखौं वेबसाइटहरु छन्। यसको अर्थ हरेक वर्ष लाखौं वेबसाइट ह्याक हुन सक्दछ ।
वेबसाइटहरुमा यस्तो प्रकारको ह्याक कहिले हुन्छ भन्ने पत्ता लगाउन कम्प्यूटर बैज्ञानिकहरुले डिभाइस निर्माण गरेका छन् । यस्तो ह्याक गरेको पत्ता लगाउने डिभाइसको सफलतापूर्वक परीक्षण समेत भईररहेको छ ।
वेबसाइट कहिले ह्याक हुन्छ भनेर पत्ता लगाउने डिभाइसको नाम ट्रिप वायर हो । यो डिभाइस आफूसँग जोडिएको ईमेल एकाउन्टको गतिबिधिहरुलाई निगरानी गर्दछ । यस्तो निगरानीको माध्यमबाट कहिले वेबसाइट ह्याक हुनसक्दछ भने पत्ता लगाउने वैज्ञानिकहरुको भनाई छ ।
अनुसन्धान टीमले लण्डनको एसीएम इन्टरनेट मिजर्मेन्ट कन्फ्रेन्समा डिभाइस प्रदर्शन गरेका थिए ।
एजेन्सी
प्रकाशित: २८ मंसिर २०७४, बिहीबार