शाओमीको फोर के एक्सन क्यामेरा बजारमा

Technology Khabar २८ मंसिर २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी शाओमीले उत्पादन गरेको फोर के एक्सन क्यामेरा नेपाली बजारमा उपलब्ध भएको छ ।

शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट यो क्यामेरा नेपाली बजारमा किन्न सकिने जनाएको छ ।

यो क्यामेरामा फोर के भिडियो रेकडिङ गर्न सक्ने क्षमता, २.४ इन्चको टचस्क्रीन , १४५ लार्ज वाइड एंगल, ब्लुटुथ ४.१ भर्सन तथा दुइवटा माइक्रोफोन लगायतका सुबिधा छन् ।

६४ जीबीसम्म स्टोरेज थप गर्न सकिने यो क्यामेरा जम्मा २४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो क्यामेरा शाओमीका आधिकारिक सोरुमहरु पाको न्यूरोड, लबिम मल, दमकल चोक पुल्चोक तथा शाओमी नेपालको अनलाइनमार्फत् पनि किन्न सकिने छ ।

प्रकाशित: २८ मंसिर २०७४, बिहीबार

तपाइको प्रतिक्रिया