नेपाली मोबाइल बजारमा आइभुमी ब्राण्ड थपियो, ६ वटा मोडल सार्वजनिक

  • Technology Khabar | २७ मंसिर २०७४, बुधबार
नेपाली मोबाइल बजारमा आइभुमी ब्राण्ड थपियो, ६ वटा मोडल सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २७ मंसिर । चाइनिज मोबाइल कम्पनी ब्राण्ड आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको सो ब्राण्ड नेपालमा भने शंकर ग्रुप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडले भित्र्याएको हो ।

आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” उत्पादन बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ ।

आइभुमी मोबाइल, आइ भी ५०५, आइ भी स्मार्ट फोरजी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपाली बजारमा प्रवेश गरेको हो । सो स्मार्ट फोनहरु न्यूनतम ५ हजार ९ सय ९९ रुपैयाँ देखि माथि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

‘शंकर समुहले आइभुमी स्मार्ट फोनलाई सफल बनाउनेमा हामी विश्वस्त छौँ,’ आइभुमी इंडियाका कार्यकारी निर्देशक अश्विन भण्डारीले सहकार्यको बारेमा कुरा गर्दै भने ।

हाल नेपालमा बढ्दै गएको फोर जी स्मार्ट फोन प्रयोगकर्ताहरु माझमा आइभुमी शसक्त रुपमा प्रस्तुत हुने दावी वितरकको रहेको छ । आप्mनो उत्पादनहरुलाई “पावर्ड बाइ भ्यालु” बताउने आइभुमी, प्रतिस्पर्धात्मक मुल्यको स्मार्ट फोनहरु नविन प्रविधि फोर जी सहित नेपाली ग्राहकहरुको आवश्यकता पुरा गर्ने वितरकले जनाएको छ ।

‘हाल शंकर गु्रप अन्र्तगत ३०० भन्दा बढी वितरक र एक लाखभन्दा बढि बिक्रि केन्द्रहरु रहेका छन् नविन प्रविधि तथा प्रतिस्पर्धात्मक मूल्य रहेको आइभुमी र बजार अनुभवी समुह बिचको सहकार्यले नेपालमा शसक्त उपस्थिति जनाउने छ,’ प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमीटेडका कार्यकारी निर्देशक राजेश जाटियाले भने ।

प्रकाशित: २७ मंसिर २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...