
काठमाडौं ।
काठमाडौं, २३ मंसिर । रिचार्ज गरिसकेको रिचार्ज कार्डबाट पनि आम्दानी गर्न सकिने भएको छ । कुनैपनि मोबाइल कम्पनीको रिचार्ज कार्ड अनावश्यकरुपमा फाल्ने गरिएकोमा अब भने त्यसबाट आम्दानी गर्न सकिने भएको हो ।
अधिकांशले रिचार्ज गरिसकेपछि त्यस्तो कार्डहरु जताततै फाल्ने गरेका छन् । जसले शहरलाई फोहोर बनाईरहेको छ । तर अबभने त्यस्तो काम नलाग्ने रिचार्ज गरिसकेको कार्डबाट आम्दानी गर्न सकिने भएको छ ।
सुन्दै अनौठो लाग्ने समाचार भएपनि यो सत्य हो । उपत्यकामा संचालन भईरहेको चक्रपथ सफाइ अभियानले तपाईँलाई काम नलाग्ने रिचार्ज कार्ड जम्मा गरेबापत निश्चित रकम दिने भएको हो । त्यसैगरी सुर्तीको खोल जम्मा गर्नेलार्इ पनि रकम दिर्इने भएको छ ।
मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।
उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानकातर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषणा गरिएको छ ।
शनिवार नै मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो भने हाल देशभर सफाइ गर्ने जागरण आएको छ ।
फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।
प्रकाशित: २३ मंसिर २०७४, शनिबार