ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गरिने

  • Technology Khabar | १२ मंसिर २०७४, मंगलवार
ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गरिने

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंक, जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंक, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच दिगो तथा ग्रामिण बिकास कार्यक्रमअन्र्तगत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात के.एफ.डब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग मार्फत नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले सर्व सुलभरुपमा साना तथा मझौला तथा कृषि कर्जा उपलब्ध गराउने बताईएको छ ।

२०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड रुपैयाँ निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेको जनाएको छ ।

प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...