Technology Khabar ८ मंसिर २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ मंसिर । एप्पलको नयाँ उत्पादनहरु बजारमा आउनुभन्दा अगाडि नै विभिन्न चर्चाहरु हुने गर्दछन् । यसैबीचमा एप्पलको आउने फोनको बारेमा नयाँ जानकारीहरु बाहिर आएका छन् ।
एप्पलले फोल्डेबल डिस्प्लेको (foldable display) बारेमा काम गरिरहेको चर्चा करिब १ वर्षअघि आएपनि हाल भने कम्पनीले फोल्डेबल डिस्प्लेको लागि पेटेन्ट दर्ता गरेको जानकारी बाहिर आएको छ ।
अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क अफिसले सार्वजनिक गरेको एक जानकारीअनुसार एप्पलले दिएको पेटेन्टको आवेदन फोल्डेबल डिस्प्लेको बारेमा रहेको छ ।
संभवत कम्पनीले आइफोनमा फोल्डेबल डिस्प्ले प्रयोग गर्ने बारेमा काम गरिरहेको अनुमान गरिएको छ । यसअघि पनि कम्पनीले एप्पल एलजीका साथ फोल्डेबल डिस्प्लेको लागि काम गरिरहेको बताईएको थियो ।
एप्पलद्धारा दर्ता गरिएको सो पेटेन्टमा भनिएको छ, एक इलेक्ट्रोनिक्स डिभाइसमा कोई यस्तो हिस्सा हुनसक्नेछ जुन डिभाइसलाई मोडेर काम गर्न सकोस् ।
डिभाइसमा फ्लेक्सिबल डिस्प्ले पनि हुन सक्नेछ । फ्लेक्सिबल डिस्प्लेमा मोडिने स्थान हुनेछ जहाँबाट यसलाई मोड्न सकियोस् ।
रिपोर्टकाअनुसार सो पेटेन्टमा डिभाइसमा माइक्रो ओएलईडी स्क्रीन हुनेछ जसले आइफोन एक्समा भएको ओएलईडी डिस्प्लेलाई रिप्लेस गर्न सक्नेछ । एउटा डिस्प्ले किताव जस्तै खोल्न र बन्द गर्न सक्ने किसिमको हुने पेटेन्टमा बर्णन गरिएको छ ।
यो पेटेन्ट दर्ताअनुसार कम्पनीले आगामी दिनमा आइफोन वा आइपडमा यो प्रविधिको प्रयोग गर्न सक्नेछ ।
यसअघि एलजीका साथमा कम्पनीले फोल्डेबल डिस्प्लेको बारेमा काम गरिरहेको बताईएको थियो । यसअघि आएका रिपोर्टहरु अनुसार एप्पलले सन् २०२१सम्ममा फोल्डेबल आइफोन बनाउन सक्ने अनुमान गरिएको छ, जतिबेलासम्म एप्पल माइक्रो एलईडी स्क्रिनमा रुपान्तरित भईसक्नेछ ।
माइक्रो एलईडी डिस्प्ले अहिलेको ओएलईडी डिस्प्ले भन्दा उज्यालोपना, स्याचुरेसन र उर्जा बचतको हिसाबले केहि उत्कृष्ट हुन्छ ।
प्रकाशित: ८ मंसिर २०७४, शुक्रबार