एनबीआई र पीएनबी-आईआईटी बीच सम्झौता

Technology Khabar ५ मंसिर २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं, ५ मंसिर । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट एनबीआई र पञ्जाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी (पीएनबी-आईआईटी) बीच सम्झौतामा हस्ताक्षर भएको छ । भारतको लखनऊ शहरमा स्थित सो ईन्ष्टिच्युट, बैंकिङ्ग सम्बन्धि सुचना तथा प्रविधि अन्तरगतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी संस्था हो ।

सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्यूरिटी, डिजिटाइजेसन तथा यस्ता अन्य तालिमहरु सो पीएनबी आईआईटीबाट उपलब्ध गराउन सक्नेछ ।

तालिमहरुद्धारा बैंकहरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न निकै सहयोग पुग्ने छ ।

सम्झौतामा पीएनबी-आईआईटीका निर्देशक दिभ्याङ् रस्तोगी र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरे ।

प्रकाशित: ५ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया