Technology Khabar ३ मंसिर २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ मंसिर । नेपाली उपभोक्ताहरुले यहि डिसेम्बर पहिलो सातादेखि नै आइफोन एक्स (iPhone X) खरिद गर्न पाउने भएका छन् ।
विश्व बजारमा सार्वजनिक भएको आइफोन ८ तथा आइफोन ८ प्लस निकै ढिलो गरि नेपाली बजारमा आएपनि आइफोन एक्स भने केहि छिटो बजारमा आउने भएको हो ।
एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक भएको करिब दुई सातामै आइफोन एक्स ल्याउन लागेको हो ।
आइफोन एक्स कम्पनीले आधिकारिक कार्यक्रम गरेर नै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ ।
कम्पनीले आइफोन एक्स उपलब्ध भएको घोषणा औपचारिक कार्यक्रममार्फत गर्ने योजना राखेको कम्पनीका प्रबन्धक पवन भिमसरियाले मोबाइल्स खबरलाई जानकारी दिए ।
कति होला मूल्य ?
कम्पनीले नयाँ आइफोन एक्सको मूल्य अझै तोकिसकेको छैन् ।
आइफोन एक्स बजारमा ६४ जीबी र २५६ जीबी संस्करणमा उपलब्ध हुनेछ ।
विश्व बजारमा यो फोनको मूल्य न्यूनतम ९९९ अमेरिकी डलर अर्थात करिब १ लाख ५ हजार रुपैयाँ तोकिएको छ । तर विभिन्न किसिमका कर र नाफा जोड्दा नेपाली बजारमा यो फोनको मूल्य न्यूनतम १ लाख ३७ हजारभन्दा माथि हुनेछ ।
नेपाली बजारमा आइफोन एक्स स्पेस ग्रे र सिल्भर कलर अप्सनमा उपलब्ध हुनेछ ।
प्रकाशित: ३ मंसिर २०७४, आईतवार