
काठमाडौं ।
काठमाडौं, २९ कात्तिक । शाओमीले रेडमी नोट ५ ए प्राइम (Xiaomi Redmi Note 5A prime) नेपाली बजारमा ल्याएको छ।
नेपालका लागि शाओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सले १६ मेगापिक्सेलको सेल्फी क्यामरा भएको नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।
कम्पनीको नयाँ स्मार्टफोनमा ५.५ इन्चको आइपीएस एलसिडि डिस्प्ले रहेको छ, जसलाई कोर्निङ्ग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ।
फोनमा १.४ गीगाहर्जको अक्टाकोर कोर्टेक्स ए ५३ क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर प्रयोग गरिएको छ । ग्राफिक्सका लागि फोनमा एड्रेनो ५०५ जीपीयू रहेको छ ।
रेडमी नोट ५ ए प्राइम स्मार्टफोनमा ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, यसको स्टोरेजलाई बढाएर १२८जीबीसम्म पुर्याउन सकिन्छ ।
फोनमा ३,०८० एमएएचको ब्याट्री प्याक रहेको छ ।
फोटोका लागि रेडमी नोट ५ ए प्राइममा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
सेल्फी प्रेमीका लागि लक्षित यो फोनमा फिंगरप्रिन्ट सेन्सर, एलईडी सेल्फी लाइट, कार्डका लागि छुट्टै स्लट रहेको छ ।
कम्पनीले बुधवार बजारमा सार्वजनिक गरेको फोनको मूल्य २२ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ । रेडमी नोट ५ ए प्राइम शाअोमीको आधिकारिक स्टोर तथा अनलाइनबाट किन्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २९ कार्तिक २०७४, बुधबार