Technology Khabar २७ कार्तिक २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, २७ कात्तिक । नेपालमा केश कम्पनीको निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको कम्पनी शंकर ग्रुपले त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो समयमा प्राइज टनाटनी, अफर छानीछानी नामक अफर ल्याएको छ ।
सो अफरअन्र्तगत नेपालमा सबैभन्दा बढी विक्री हुने केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरीदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वा फिनिक्स मोटरसाइकल, ७.९९ प्रतिशत व्याजदर वा २ हजार घण्टा सम्मको सर्भिसिड्ड मध्ये कुनै एक निःशुल्क प्राप्त गर्ने सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपालको सबैभन्दा बढि शाखा सन्जालबाट (धनगढी, नेपालगन्ज, दाड, पोखरा, बुटवल, काठमाडौं, चितवन, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी, र बिर्तामोड) गुणस्तरिय बिक्री पछिको सेवा तथा सर्वसुलव पार्टस उपलब्ध गराउँदै आएको जनाएको छ ।
प्रकाशित: २७ कार्तिक २०७४, सोमबार