फुडमाण्डूमार्फत खानाका परिकारहरुको अर्डर गर्दा ७ प्रतिशत छुट पार्इने

  • Technology Khabar | २४ कार्तिक २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । अर्डरअनुसारको खानाका परिकारहरु रेष्टुरेन्टबाट ग्राहकहरुसम्म पुर्याउने कम्पनी फुडमाण्डू सात वर्षमा प्रवेश गरेको छ । कम्पनीले सातौं वर्षको अवसर पारेर विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

फुडमाण्डूले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिवारदेखि फुडमाण्डूमार्फत खानाका परिकारहरुको अर्डरमा ७ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारीले फुडमाण्डूमार्फत कुनैपनि रेष्टुरेन्टबाट खानाका परिकारहरु अर्डर गरेमा सात दिनसम्म ७ प्रतिशतसम्मको छुट दिने बताए ।

त्यसैगरि उनले नेपालमै पहिलो पटक अनलाइन प्लेटफर्ममा डिसेम्बर १५ तारिखदेखि फुड फेस्टिभल आयोजना गर्न लागेको जानकारी समेत दिए ।

फुडमाण्डूले सातौं वार्षिकोत्सव पारेर नयाँ वेवसाइट पनि सार्वजनिक गरेको छ, सो साइट शनिवारदेखि संचालनमा आउने छ ।

कम्पनीले स्थापनादेखि हालसम्म २ लाख भन्दा बढि अर्डरमा सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

कम्पनीले हाल दैनिक ७ देखि ८ हजार वटा अर्डरहरु प्राप्त गरिरहेको जानकारी दिँदै वेवसाइट, मोबाइल एप तथा टेलिफोन मार्फत अर्डर आउने गरेको स्पष्ट पारेको छ ।

हाल ७० जना भन्दा बढिलाई रोजगारी दिएको कम्पनीले १७५ भन्दा बढि होटल तथा रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको छ ।

प्रकाशित: २४ कार्तिक २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया