ओपोको नयाँ फोन एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुँदै

  • Technology Khabar | २३ कार्तिक २०७४, बिहीबार
ओपोको नयाँ फोन एफफाइभ कात्तिक २८ गते सार्वजनिक हुँदै

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ (Oppo F5) कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।

नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

आधिकारिक फेसबुक पेजमार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले सो जानकारी दिएको हो ।

सो भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ । सो भिडियो लाइक तथा सेयर गर्ने मध्येबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । क्याम्पेन नोभेम्बर ८ देखि १२ तारिखसम्म संचालन हुनेछ ।

नेपाली बजारमा नयाँ फोन नोेवेम्बर १५ अर्थात कात्तिक २९ गतेदेखि किन्न पाईने छ ।

यो पनि हेर्नुहोस्-

ओपोद्वारा पुरुष एम्बेसेडरमा सिद्धार्थ मल्होत्रा चयन

ओपोको ‘एफ५’ स्मार्टफोन बजारमा आउँदै, एआई प्रविधि र फूल स्क्रीन भएको स्मार्टफोन

प्रकाशित: २३ कार्तिक २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...