Technology Khabar २० कार्तिक २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, २१ कात्तिक । दशैं तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत १० लाख रुपैयाँ अम्बिका न्यौपानेले पाएकी छन् ।
एक कार्यक्रममका बीच १० लाख रुपैयाँको बम्पर उपहार न्यौपानेलाई आईएमईले प्रदान गरेको छ । आईएमईका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरे ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त बम्पर उपहार प्रदान गरिएको हो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६८ सय भन्दा सब ऐजेन्ट तथा बैंक तथा वित्तीय संस्था मार्फत रेमिटेन्स पठाउन सकिन्छ ।
प्रकाशित: २० कार्तिक २०७४, सोमबार