Technology Khabar १७ कार्तिक २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १७ कात्तिक । स्मार्टफोनको प्रयोगले मानिसको जिवन स्मार्ट बन्दै गएको छ । स्मार्टफोनमा रहेका स्मार्ट फिचरले मानिसलाई थप स्मार्ट बनाएको छ । स्मार्टफोनको प्रयोगले मानिसले अफिस, घरको काम, सपिङलगायतका काम स्मार्ट तरिकाले सम्पन्न हुने गरेका छन् ।
तर स्मार्ट फोन प्रयोगकर्ताको आम समस्या भनेको ब्याट्री नटिक्ने र फोन सुस्त चार्ज हुने हो । प्रयोगकर्ताले फोन चार्ज गर्दा केहि स्मार्ट तरिका अपनाएमा फोनलाई तीब्र गतिमा चार्ज गर्न सकिछ । साथै, ब्याट्रीको लाइफ पनि बढाउन सकिन्छ ।
त्यसैले तिब्रगतिमा फोन चार्ज गर्ने केहि सरल उपाय यस्ता छन् –
फोन अफ गर्ने
फोनलाई तीब्र गतिमा चार्ज गर्ने सबैभन्दा राम्रो उपाय भनेको फोन अफ गरेर चार्जमा राख्ने । फोन अफ गरिएमा फोनको सिस्टमबाट हुने ब्याट्री खपत नहुँदा फोन चार्ज तीब्र गतिमा हुन्छ ।
फ्लाईट मोड
तपाईँ आफ्नो स्मार्टफोन अफ गर्न चाहनुहुन्न र छिटो चार्ज पनि गर्न चाहनुहुन्छ भने तपाईँ फोनलाई एयरप्लेन वा फ्लाईट मोडमा राखेर चार्ज गर्न सक्नुहुनेछ । यो प्रकृयाबाट तपाईँले आफ्नो फोन करिब ५० प्रतिशत छिटो चार्ज गर्न सक्नुहुनेछ ।
ब्याट्री सेभिङ मोड
ब्याट्री सेभिङ मोडमा राखेर चार्ज गरिएमा फोन छिटो चार्ज हुन्छ । सेभिङ मोडमा राख्दा फोनमा चलिरहेका अनावश्यक सिस्टमले ब्याट्रीको खपत हुनबाट बचत हुन्छ ।
ओरिजिनल चार्जर
फोनलाई सधै ओरिजनल चार्जरबाट मात्रै चार्ज गर्नुपर्छ । ओरिजनल चार्जरको प्रयोगबाट फोनको ब्याट्रीमा कुनै अनावश्यक दबाव हुँदैन र ब्याट्रीको लाईफ लामो समयसँग रहन्छ । त्यसैगरी ओरिजनल चार्जरबाट चार्ज गर्दा फोन पड्किने वा सर्ट हुने समस्या अाउँदैन् । नक्कली चार्जर गुणास्तरहिन हुने हुँदा त्यसले तपार्इको फोन बिगार्छ ।
उचित तापक्रममा चार्ज गर्ने
ध्यानमा राख्नुहोस् कि फोन तातिरहेको अवस्थामा चार्ज नगर्ने । तातोमा चार्ज गर्दा ब्याट्रीमा समस्या आउनेलगायत फोन चार्ज हुने समयपनि बढ्छ ।
यी सरल उपाय अपनाएर फोन चार्ज गरेमा तपार्इको स्मार्ट फोनकाे अायु र सुरक्षाा दुबै हुन्छ जसले तपार्इलार्इ अझ स्मार्ट बनाउँछ ।
प्रकाशित: १७ कार्तिक २०७४, शुक्रबार