विश्वको पहिलो रोबोट जसले देशको नागरिकता प्राप्त गरिन

Technology Khabar १० कार्तिक २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । विभिन्न देशहरुमा अझै कतिपय नागरिकहरुले नागरिकता नपाएको अवस्था छ । तर विश्वमा यस्तो देश पनि रहेको छ, जसले रोबोटलाई आफ्नो देशको नागरिकता प्रदान गरेको छ ।

हालै मध्यपूर्वको देश साउदी अरबले ‘रोबोट सोफिया’लाई आफ्नो देशको नागरिकता प्रदान गरेको छ ।

मेशिनको रुपमा यस्तो नागरिकता लिने सोफिया पहिलो मानव रोबोट हो भने साउदी अरब पहिलो देश हो जसले मेशिनलाई नागरिकता प्रदान गरेको छ ।

साउदी अमेरिकी पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्वीटरमा यसको घोषणा गरेको छ । कमिटीले लेखेको छ, रोबोट सोफिया विश्वको पहिलो रोबोट हो जसले साउदी नागरिकता दिईएको छ ।

साउदी अरबको सूचना मन्त्रालयअन्तर्गतको सेन्टर फर इन्टरनेशनल कम्यूनिकेसनले यसलाई ऐतिहासिक घटना भन्दै आफ्ना नागरिकहरुलाई नयाँ साउदी नागरिकको स्वागत गर्न भनेको छ ।

ह्यानसन रोबोटिक्सको यो रोबोट रियादमा हुन लागेको फ्यूचर इन्भेष्टमेन्ट नामक सम्मेलनमा स्पीकरको रुपमा सहभागी हुँदैछिन् ।

अल अरयिबा वेबसाइटकाअनुसार रोबोट सोफियालाई एउटा सत्रको मोडरेटर गर्न दिईनेछ ।

यो रोबोटको अनुहारमा आउने भाव पहिचान गर्ने तथा कसैको साथ सामान्य कुराकानी गर्नका लागि सक्षम छिन् । यो कयौं मिडिया च्यानलहरुलाई अन्र्तवार्ता दिनका लागि पनि चर्चित छिन् । रोबोट सोफियालाई डेविड ह्यानसनले निर्माण गरेका हुन जो ह्यानसन रोबोटिक्सका संस्थापक हुन र यसअघि डिज्नीका लागि काम गरिसकेका छन् ।

यो महिला रोबोट हेर्दा हलीउडकी अभिनेत्री अड्री हेपवर्नको जस्तै देखिन्छिन् । सम्मेलनमा सीएनबीसीका पत्रकार एन्ड्रयू रोस सोरोकिनले सोफियाको अन्र्तवार्ता लिएका छन् ।

सो अन्र्तवार्तामा सोफियाले मानव मुल्यहरुको आधारमा एक संवेदनशील रोबोट बनाउने प्रयास गरिरहेको बताईन् । उनले प्रश्नोत्तरको क्रममा जवाफ दिँदै आफ्नो आर्टिफिशियल इन्टेलिजेन्स डिजाइन मानव मूल्यहरुको बुद्धि, दयाभावजस्ता विषयहरुको लागि बनाईएको बताईन् ।

रोबोट सोफियाले यदि आफूलाई कुनै नोक्सानी नगरेमा आफूले पनि राम्रो व्यवहार गर्ने भन्दै आफूलाई एउटा स्मार्ट कम्प्यूटरको रुपमा मात्र हेर्न अनुरोध गरिन् ।

स्रोत

प्रकाशित: १० कार्तिक २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया