नेपाल इन्भेष्टमेण्ट बैंक र भारतीय एक्सेस बैंकबीच विप्रेषण सेवा सम्झौता

  • Technology Khabar | ५ कार्तिक २०७४, आईतवार
नेपाल इन्भेष्टमेण्ट बैंक र भारतीय एक्सेस बैंकबीच विप्रेषण सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।

भारतमा रहेका नेपालीसंग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका निजका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा “पृथ्वी रेमिट” मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनि शाखामा गएर एक पटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सिस बैकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण (चझष्ततबलअभ)सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्तगर्न सकिने जानकारी दिईयो ।

बैंकले देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: ५ कार्तिक २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...