ट्विटरले अक्षरको सीमा बढाउँदै, २८० अक्षरसम्मको ट्विट परिक्षण हुँदै

Technology Khabar १२ आश्विन २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, १२ असोज । ट्विटर प्रयोगकर्ताहरुका लागि खुशीको समाचार आएको छ । हाल केबल १४० अक्षरमा सिमित हुँदै आफ्नो भावना ट्विटमा व्यक्त गर्नुपर्ने बाध्यतालाई ट्विटरले हटाउने तयारी गरेको छ ।

ट्विटरले अहिलेको १४० अक्षरको सीमालाई बढाउने तयारी गरेको छ । ट्विटरले सो अक्षरको सीमालाई दोब्बर पारेर २८० अक्षरसम्म पुर्याउने कार्यको हाल परिक्षण गरिरहेको छ ।

सो नयाँ परिक्षण कार्य सिमित समूहका प्रयोगकर्ताहरुसम्म मात्र उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

सो थप गरिएको सीमा जापानी, चिनियाँ र कोरियन भाषामा ट्विट गर्ने प्रयोगकर्ताहरुका लागि भने लागू हुनेछैन् । ती भाषाहरुमा प्रयोग हुने अक्षर भावहरु १४० अक्षरमा नै अधिकरुपमा भन्न सकिने हुँदा लागू नहुने बताईएको छ ।

ट्विटरकाअनुसार अंग्रेजी भाषामा ट्विट गरिएकामध्ये ९ प्रतिशत ट्विटहरुले १४० अक्षरको सीमामा पुग्दछन जबकी जापानी भाषामा केबल शुन्य दशमलब ४ प्रतिशत ट्विट मात्र अधिकतम सीमामा रहन्छन् ।

प्रकाशित: १२ आश्विन २०७४, बिहीबार

तपाइको प्रतिक्रिया