सानिमा बैंकको मोबाइल दक्षिणा योजना, दैनिक ‘सामसङ्ग जे सेभेन’ उपहारमा

  • Technology Khabar | ११ आश्विन २०७४, बुधबार
सानिमा बैंकको मोबाइल दक्षिणा योजना, दैनिक ‘सामसङ्ग जे सेभेन’ उपहारमा

काठमाडौं ।

काठमाडौं, ११ असोज । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ ।

यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत फण्ड ट्रान्सफर, टपअप रिर्चाज, ईसेवा लोड वा बिल पेमेन्ट गरी कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाइ सामसङ्ग जे सेभेन मोवाइल फोन उपहार दिइने बैंकले जानकारी दिएको छ ।

यो योजना असोज ११ बुधवारदेखि १६ गते सम्मका लागि लागू हुने र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी एफ वानसफ्ट इन्टरनेसनल प्रालिको सहकार्यमा लक्की ड्रबाट हुने बैंकले जनाएको छ ।

प्रकाशित: ११ आश्विन २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...