भिसा कार्डबाट भुक्तानी गर्दा सिधै नगद फिर्ता पाईने

  • Technology Khabar | ४ आश्विन २०७४, बुधबार
भिसा कार्डबाट भुक्तानी गर्दा सिधै नगद फिर्ता पाईने

काठमाडौं ।

काठमाडौं, ४ असोज । नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्तरुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको बिकास गराउने उद्देश्यले १० प्रतिशत नगद फिर्ता योजनाको घोषणा गरेको छ ।

सो योजना अन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रि केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आ–आफ्नो खातामा फिर्ता पाउने छन् ।

साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा ५ सय रुपैयाँसम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन १ हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् ।

यस योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...