सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले दशैंमा ग्राहकको भीड बढ्दो

Technology Khabar ३ आश्विन २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं, ३ असोज । ललितपुर लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको जनाएको छ ।

गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो ।

योजनामा सहभागी अधिकांश ग्राहकहरुले दशैंको अवसर पारेर मनपर्ने ब्राण्डका मोबाइलहरु खरिद गरिरहेका छन् । योजना लागू भएदेखि नै दैनिक सयौं ग्राहकहरुले सूपथ मूल्यमा फोनहरु खरिद गर्न पाउँदा उत्साहित भएको कम्पनीको दाबी छ ।

‘स्थापनादेखि नै मोबाइल खरिदकर्ताको पहिलो प्राथमिकतामा पर्न सफल भएको एक मात्र विश्वसनिय र भरपर्दो मोबाइल कम्प्लेक्स भएको हुँदा ग्राहकहरुले नयाँ योजनालाई निकै मनपराएका छन्,’ कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने ।

यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो ।

यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य(एमआरपी)मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ । यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहेअनुसारको फोन किन्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो प्रकारको योजना नेपालमा नै पहिलो पटक ललितपुर मोबाइल कम्प्लेक्स ले ल्याएको कम्पनीले दाबी गरेको छ ।

प्रकाशित: ३ आश्विन २०७४, मंगलवार

तपाइको प्रतिक्रिया