Technology Khabar ३ आश्विन २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३ असोज । सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।
दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने दाबी गरिएको छ ।
हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको छन्।
दशैं देखि तिहार सम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकहरुले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
मोबाइल एक्सचेन्जसँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।
प्रकाशित: ३ आश्विन २०७४, मंगलवार