Technology Khabar ३ आश्विन २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३ असोज । चीनियाँ स्मार्टफोन ब्राण्डका ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ (Oppo A71) सार्वजनिक गरेको छ ।
आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्ससहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्ययी मूल्य श्रेणीमा सार्वजनिक गरेको बताएको छ ।
अक्टा–कोर सीपीयूका साथमा ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको सो फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरेको छ । नेपाली बजारमा रहेका प्रमुख विक्रि केन्द्र मार्फत फोनको गोल्ड कलर भर्जन सर्वत्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ओपो ए७१को फ्रण्ट क्यामेरामा ओप्पोको आधार मानिने फोटोग्राफी प्रविधि, ब्यूटीफाई फोर सहित जीवन्त तस्विर खिच्न परिस्कृत रियर क्यामेरापनि उपलब्ध गरिएको छ । साथै, फोनमा प्रयोग गरिएको पातलो मेटालिक यूनी बडीले ओपो ए७१लाई निकै आकर्षक लुक्स प्रदान गरेको कम्पनीको दाबी छ ।
‘हाम्रा मिड रेञ्ज्ड उत्पादनका उपभोक्ता समुहमा नयाँ फोनले अत्यधिक खुशी प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । अत्याधुनिक प्रविधिहरुका साथै फोनमा हामीले ओपो सेल्फीलाई पनि निरन्तर्ता दिएका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।
प्रकाशित: ३ आश्विन २०७४, मंगलवार