नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम स‌ंचालनका लागि सम्झौता

  • Technology Khabar | १ आश्विन २०७४, आईतवार
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम स‌ंचालनका लागि सम्झौता

काठमाडौं ।

काठमाडौं, १ असोज। नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच यहि भदौ २९ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनवीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ ।

यसरी वार्षिक तालिमका लागि संस्थागत रुपमा सम्झौता गर्ने एभरेष्ट बैंक नै पहिलो बैंक भएको छ, जसले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकम लगानीमा आफ्ना कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्नेछ ।

सो सम्भौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

प्रकाशित: १ आश्विन २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...