ताम्राकार मोबाइल कम्प्लेक्समा एक सातामा ७ करोड ५० लाख बढीको कारोबार

  • Technology Khabar | ३० भाद्र २०७४, शुक्रबार
ताम्राकार मोबाइल कम्प्लेक्समा एक सातामा ७ करोड ५० लाख बढीको कारोबार

काठमाडौं ।

काठमाडौं, ३० भदौ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा ५ हजार भन्दा बढी मोबाइल सेटको बिक्रीबाट ७ करोड ५० लाख भन्दा बढीको कारोबार भएको जानकारी आयोजकले दिएको छ ।

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको जानकारी दिए ।

लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्रमार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक, ब्लुटूथ हेडफोन लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले असोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

हरेक बर्ष जस्तो यो बर्ष पनि दशैंदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको जानकारी दिएको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने आयोजक संघले जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...