Technology Khabar २६ भाद्र २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं । जयमा इन्टरकन्टीनेन्टल्स् प्रालिले कुलप्याड कुल वान (Coolpad Cool 1) को ६४ जीबी स्टोरेजसहित नेपाली बजारमा सार्वजनिक गरेको छ । यस फोनमा ४ जीबीको र्याम पनि राखिएको छ ।
यो १३/१३ मेगापिक्सलको ड्यूल रियर क्यामेरा भएको नेपालकै पहिलो फोन भएको कम्पनीको दाबी छ। यस फोनको मुख्य बिषेशता नै f/2.0 aperture र ड्यूल टोन एलइडी फ्ल्याश र १३ मेगा पिक्सलको जोडी सेन्सर भएको कम्पनीले जनाएको छ ।
पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ र दोश्रो सेन्सरले डेफ्ट, डिटेल र ब्राईटनेशको सन्तुलन मिलाउन सहयोग गर्दछ ।
यसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि रहेको छ ।
कुलप्याड कुल वानमा ६४ बीको अक्टा कोर क्वालकम स्न्यापड्रागन ६५२ चीपसेट राखिएको छ भने यसमा ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीयू छ ।
कम्पनीले यसको बजार मूल्यको बारेमा भने कुनै जानकारी दिएको छैन् ।
सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा रहेको कुलप्याड गतबर्षबाट नेपाल भित्रिएको हो ।
प्रकाशित: २६ भाद्र २०७४, सोमबार