टेक्नो र आइटेल मोबाइल ब्राण्ड सार्वजनिक, १०० दिनभित्र फोन साटन सकिने सुविधा

Technology Khabar २१ भाद्र २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, २१ भदौ । चिनियाँ कम्पनी ट्रान्सन होल्डिङ्गले ३ नयाँ ब्राण्डका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमका बीच टेक्नो र आइटेल ब्राण्डको मोबाइल फोन तथा ओराइमो ब्राण्डका एसेसरिज सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ग्राहकहरुले टेक्नो मोबाइलमा १३ महिना र आइटेलमा १२ महिनाको वारेण्टीसहित १०० दिनसम्म फोन सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत पाउने जानकारी गराएको छ ।

ग्राहकहरुले किनेको फोन १०० दिनभित्र बिग्रिएमा र त्यो प्राविधिकरुपमा बनाउन नसकिने वा कम्पनी डिफल्ट फोन भएमा तत्काल नयाँ फोन दिने सुविधा पनि घोषणाा गरेको छ ।

ट्रान्सन होल्डिङ्ग नेपालका प्रबन्ध निर्देशक मार्कोमाले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना भएको बताए ।

उनले ग्राहकहरुको समय अनुसारको मागलाई अझै पनि पूरा गर्न नसकिएको अवस्थामा यी ३ मोबाइल लन्च गरेर ग्राहकहरुको चाहनालाई परिपूर्ति गर्ने र ग्राहकहरुलाई विशिष्ट एवं अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

नेपालमा यी ब्राण्डहरु महालक्ष्मी मोबाइल्सले भित्र्याएको हो । महालक्ष्मी मोबाइल्सले टेक्नो मोबाइल ब्राण्डमा चारवटा स्मार्टफोनहरु सार्वजनिक गरेको छ, जुन न्यूनतम ७ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयासम्मको बताइएको छ ।

टेक्नो मोबाइल ब्राण्डमा ५० हजार रुपैयाँसम्मका स्मार्टफोनहरु उपलब्ध भएपनि नेपाली बजारमा भने आगामी दिनमा बजारको अवस्था हेरेर मात्र महंगा सेटहरु भित्र्याउने जानकारी दिइयो ।

त्यसैगरि आइटेल मोबाइल ब्राण्डमा ५ वटा फिचर फोन र २ वटा स्मार्टफोनहरु सार्वजनिक गरियो जसको मूल्य न्यूनतम ८ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म तोकिएको छ ।

ओराइमो ब्राण्डका एसेसरिज भने सबै प्रकारका उपलब्ध गराउने कम्पनीले जानकारी दियो ।

यस अघि कम्पनीले ४ वटा टेक्नो स्मार्ट फोनहरु आइ सेभेन, सिएक्स एअर, डब्लुएक्स थ्रि र डब्लुएक्स फोन नेपाली बजारमा भित्राइ सकेको छ ।

महालक्ष्मी मोबाइल्सले विभिन्न स्थानहरुमा हाल १४ वटा सर्भिस सेन्टर खोल्ने र भविश्यमा ५० वटा पुर्याउने कम्पनीका महाप्रबन्धक सन्तोष भण्डारीले दिए ।

ट्रान्सन होल्डिङ्गसले विश्वका ५८ भन्दा बढि मुलुकहरुमा आफ्ना ब्राण्डमा फोनहरु बिक्री गरिरहेको र दुबै ब्राण्डका फोनहरु चीनको सेजझेनमा ट्रान्सन होल्डिङ्गसको आफ्नै उत्पादन कम्पनी र अनुसन्धान तथा विकास केन्द्रमार्फत निर्माण गरिने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: २१ भाद्र २०७४, बुधबार

तपाइको प्रतिक्रिया