Technology Khabar २० भाद्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, २० भदाै । काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ नामक योजना सञ्चालनमा ल्याएको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले यहि भदौ २२ गतेदेखि हुन लागेको महोत्सवमा ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिए ।
योजनामा सामसुङ एस फोर र एस फाइभ खरिदमा ६० प्रतिशत छुट, डिटिसी टचमा ६० प्रतिशत र हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभो मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको कम्प्लेक्सले जनाएको छ ।
नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्रा, मुख्य प्रायोजक मोटोरोला र लेनेभोका निर्यातक कम्पनी लाइफ कमका प्रबन्ध निर्देशक तथा मोबाइल इम्पोर्टर एशोसिएशनका महासचिब अमित अग्रवालसहितले शुभकामना दिएका थिए ।
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् ।
मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएकाअफर तथा उपहार पनि पाइने बतार्इएको छ ।
नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने आयोकले जानकारी दियो । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्रमार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङ ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै बितरण गरिने गरिने छ ।
मोबाइल मेला अबधिभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।
बम्पर उपहार स्वरुप प्रदान गरिने एउटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व पछि लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने र एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्रमार्फत बिजेतालाई बितरण गरिने मेला आयोजक संघले जानकारी दियो ।
प्रकाशित: २० भाद्र २०७४, मंगलवार