ओप्पोद्वारा ‘फादर्स डे सेल्फी कन्टेष्ट’का बिजेताहरु पुरस्कृत

  • Technology Khabar | १८ भाद्र २०७४, आईतवार
ओप्पोद्वारा ‘फादर्स डे सेल्फी कन्टेष्ट’का बिजेताहरु पुरस्कृत

काठमाडौं ।

काठमाडौं, १८ भदौ । ओप्पोद्वारा बुवाको मुख हेर्ने दिन (कुशे औंसी)को अवसरमा आयोजित ‘ओप्पो फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरु चयन गरिएको छ ।

भदौ ८ देखि १४ सम्म आयोजित उक्त प्रतियोगिताको विजेताका रुपमा बेन्जना कौशिक, निर्मल बोगटी, सुर्य प्रकाश श्रेष्ठ र प्रवेश मान पति छनोट भएका हुन् ।

कम्पनीले काठमाडौं सिटी सेन्टरमा अवस्थित आफ्नो ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई गिफ्ट ह्याम्पर हस्तान्तरण गरेको छ । कार्यक्रममा ओप्पोको नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले विजेतालाई पुरस्कार स्वरुप गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका थिए ।

‘नेपालमा फेसबुकमार्फत आयोजित ओप्पोको यो दोस्रो सेल्फी कन्टेष्ट हो । प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला प्रदान गरेको छ’, ओप्पोको नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले भने ‘हामी चाँडै नै अझ आकर्षक उपहार सहित नयाँ–नयाँ प्रतियोगिता लिएर तपाईं सामु प्रस्तुत हुनेछौँ ।’

ओप्पोले बुबाको मुख हेर्ने दिनको अवसर पारी यस पटक सेल्फी कन्टेष्टको आयोजना गरेको हो । ६ दिनका लागि आयोजित सेल्फी कन्टेष्ट अन्तर्गत कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत ईच्छुकलाई आफ्ना बुवासंगको उत्कृष्ट सेल्फी कमेण्ट बक्स मार्फत प्रेशित गर्न अनुरोध गरिएको थियो ।

कमेण्ट बक्स तथा ईनबक्सको माध्यमबाट प्रतियोगितामा ६ सय भन्दा बढीले उत्साहजनक सहभागिता जनाएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: १८ भाद्र २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...