Technology Khabar ११ भाद्र २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ११ भदौ । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ ।
सो वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजी मा १२०० आरपीएम र १४०० आरपीएममा उपलब्ध छन् । लुगा राख्न सजिलो पार्न ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिने कम्पनीले जनाएको छ ।
यसको मूख्य यूपीएस भनेको वारट म्याजिक क्यूब हो । जस अन्तर्गत सूपर ‘एस’ विंग्स र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिन भन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने कम्पनीको दाबी छ ।
प्रकाशित: ११ भाद्र २०७४, आईतवार