Technology Khabar २ भाद्र २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ भदौ । आइएमई फाउन्डेशनले बाढि प्रभावितहरुको लागि राहत वितरण गरेको छ ।
बाढी पहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न-लत्ता कपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायीक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्दार समन्वय समितिको रोहबरमा वितरण गरेको जनाएको छ ।
आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको फाउन्डेसनले जनाएको छ ।
आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप फाउन्डेशनमार्फत् गर्दै आएको जानकारी दिएको छ ।
प्रकाशित: २ भाद्र २०७४, शुक्रबार