सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स किन्दा मासिक १ जीबी डाटा सित्तैमा

Technology Khabar २६ श्रावण २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, २६ साउन । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिजमा थप विशेषताहरुले सुसज्जित भई जे सेभेन म्याक्सका रुपमा प्रस्तुत गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी ¥याम तथा ३२ जिबी मेमोरी तथा अन्य विशेषता रहेका छन् ।

जे सेभेन म्याक्समा ५.७ इन्चको फुल एचडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ ।

‘मध्यमस्तरको स्मार्ट फोन बजारमा सामसुङ जे सिरिजले अग्रता लिंदै आएको छ । मध्यमस्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल बजारमा ल्याएका हौं,’ आइ एम बिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

सो स्मार्टफोनमा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्टग्लो, एडाप्टिभ वाईफाई जस्ता सुविधाहरु राखिएको छ ।

जे सेभेन म्याक्समा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधा यस अघि सामसुङका फ्ल्यागशिप फोनहरुकोमा मात्र उपलब्ध रहदै आएका थियो ।

ग्यालेक्सी जे सेभेन म्याक्समा भएको १.६ गीगाहर्जको अक्टाकोर प्रोसेसर, ४ जीबी र्यामले निर्बादरुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको कम्पनीको भनाई छ ।

यसमा भएको एडाप्टिभ वाईफाई, जुन बाइफाइ रेन्ज भित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्ज बाहिर रहँदा आफै निष्कृय हुन्छ ।

जे सेभेन म्याक्समा रहेको अर्को सुविधा भनेको इन्स्टा स्विचिङ हो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ ।

हालको अफर अन्तर्गत जे सेभेन म्याक्सस्मार्ट फोन २८ हजार २ सय ९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल यहि साउन १७ गेतदेखि रिटेल स्टोरमार्फत् उपलब्ध छ ।

निशुल्क डाटा

नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे सेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी जे सेभेन म्याक्सका ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जीबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २६ श्रावण २०७४, बिहीबार

तपाइको प्रतिक्रिया