Technology Khabar २० श्रावण २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २० साउन । जाबोमीका उत्पादनहरुको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले नेपाली बजारमा जाबोमी एमआइ ६ सार्वजनिक गरेको छ ।
कम्पनीको सबैभन्दा नयाँ फ्ल्यागशिप एमआइ ६ स्मार्टफोनमा ५.१५ इन्चको फूलएचडी आइपीएस एलसिडी डिस्प्ले राखिएको छ ।
फोनमा अक्टाकोर स्न्यापड्रागन ८३५ प्रोसेसर राखिएको छ भने एड्रेनो ५४० जीपीयू रहेको छ ।
यो फोनको सबैभन्दा शसक्त विशेषता भनेको यसमा राखिएको ६ जीबीको र्याम हो भने फोनमा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।
फोटोका लागि जाबोमी एमआइ ६ स्मार्टफोनमा ड्यूल १२ मेगापिक्सेलको रियर क्यामरा सेटअप रहेको छ । यसमा रहेको क्यामरामा सोनी आईएमएक्स३८६ सेन्सर प्रयोग गरिएको छ । जसमा फेज डिटेक्सन, अटोफोकसका साथमा ड्यूल एलईडी राखिएको छ । त्यसैगरि सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ ।
जाबोमी एमआई ६ स्मार्टफोनमा ३,३५० एमएएचको ब्याट्री राखिएको छ भने यसमा क्वीक चार्ज ३.० प्रविधि राखिएको छ ।
यसमा ड्यूल नानो सीम स्लटका साथमा ४ जी एलटिई, ड्यूल ब्याण्ड वाईफाई, जीपीएस, ग्लोनास, ब्लूटूथ ५.० भर्सन, यूएसबी टाइप सी पोर्टलगायतका फिचर राखिएका छन् ।
यो स्मार्टफोनमा ३.५ मिलिमिटरको हेडफोन ज्याक भने राखिएको छैन ।
फोन एन्ड्रोयडको नुगट ७.१ मा आधारित एमआईयूआई ८ मा संचालिन हुन्छ ।
यसको मूल्य कम्पनीले ५४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
प्रकाशित: २० श्रावण २०७४, शुक्रबार