केएल टावरमा ‘विगअफर सेल’ शुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छूट

Technology Khabar २० श्रावण २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं । चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुँदै आएको सेल मेला ३ सातासम्म संचालन हुनेछ ।

नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । २१ दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।

साथै सेल मेलाअवधिभर सपिग गर्ने गाहकले दैनिक रुपमा विभिन्न आर्कषक उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विन अफरमा गाहकले एक हजार रुपैयाँको सपिगं भौचर, के एल फुडकोर्टको लन्च कुपन, एफक्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपनलगायतका विभिन्न उपहार पाउन सक्नेछन ।

त्यस्तै बम्पर उपहार अन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्टफोन, १० हजार, ५ हजार र ३ हजार रुपैयाँको सपिगं कुपन, फुलक्यास ब्याक तथा एफक्युब सिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ ।

विगअफर सेल मेलामालुगा, जुत्ता, घडी, ब्यागलगायतका २ हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने टावरले जनाएको छ ।

यस सेल मेलाअवधि भर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशन शो, गेमशोलगायत कार्यक्रमपनि आयोजना हुने बताइएको छ । विगअफर सेल मेला आगामी भदौ १० गतेसम्म चल्नेछ ।

प्रकाशित: २० श्रावण २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया