Technology Khabar १७ श्रावण २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्यूएलईडी टीभी (Samsung QLED TV) नेपाली बजारमा भित्र्याएको छ । क्यूएलईडी टीभीमा यसअघि कहिल्यै प्रयोगमा नआएको हाई डाइनामिक रेञ्ज (एचआरडी) प्रविधिको प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
क्यूएलईडी टीभी हाल क्यूए५५क्यू७ र क्यूए६५क्यू८ गरी दुई मोडलमा उपलब्ध रहेको छ । क्यूए५५क्यू७ मोडलको शुरुआती मूल्य ४ लाख ५० हजार तथा क्यूए६५क्यू८को शुरुआती मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ ।
दुवै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ । हाल बुकिङ गर्ने ग्राहकलाई कम्पनीले क्यूए५५क्यू७ मा सामसुङ ग्यालेक्सी एस८ र क्यूए६५क्यू८ मा एस ८ प्लस मोबाइल प्रदान गर्ने बताएको छ । बुकिङ अफर मङ्गलवारदेखि साउन ३१ गतेसम्ममात्र रहनेछ ।
दरबारमार्गमा रहेको सामसुङ डिजिटल प्लाजामार्फत खरीद गर्दामात्र यो अफर लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिामा उल्लेख छ ।
प्रकाशित: १७ श्रावण २०७४, मंगलवार