Technology Khabar १३ श्रावण २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १३ साउन । कोका–कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं संचालन गरिरहेको छ । यहि असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
यो अफर कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने शिसा बोतलको खरिदमा लागू छ, जसमा रु. १ देखि रु. १०० सम्मका पुरस्कारहरु जित्न सकिन्छ । रु. १ देखि रु. १०० सम्मको पुरस्कार रकम कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनी लेखिएको छ ।
र उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्ने बताईएको छ ।
प्रकाशित: १३ श्रावण २०७४, शुक्रबार