Technology Khabar १३ श्रावण २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १३ साउन । सामसङ कम्पनीले स्मार्टफोन ग्राहकहरुका लागि उत्सवमय योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना सार्वजनिक गरेको छ ।
दशैंमा विदेशमा रहेका आफन्तहरुलाई भेट्ने अवसर सिर्जना गर्नेगरि कम्पनीले नयाँ योजना ल्याएको हो । यहि साउन ३० गतेसम्म लागू हुने यो योजनामा सहभागी हुनको लागि सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्टफोन खरिद गर्नु पर्नेछ ।
ग्राहकले स्मार्ट फोन किनेकै आउटलेटबाट फारम लिएर आवश्यक विवरण भरी विदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ विषयक आफ्नो भावना लेख्नुपर्ने छ । त्यसरी लेखेको कथा सामसङ आउटलेटहरुमा रहेको ड्रप बक्समा खसाल्नुपर्नेछ ।
लेखिएका कथा मध्येबाट उत्कृष्ट ५ कथाका लेखकले मलेसिया, साउदी अरेबिया, कतार, युएई वा दक्षिण कोरियामा रहेका आफ्नलाई भेट्ने ४ दिन ३ रात भ्रमणको अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।
योजना समाप्त भएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ श्रावण २०७४, शुक्रबार