ह्याक गर्न नसकिने कम्युनिकेशन नेटवर्क चीनले बनायो

  • Technology Khabar | ११ श्रावण २०७४, बुधबार
ह्याक गर्न नसकिने कम्युनिकेशन नेटवर्क चीनले बनायो

काठमाडौं ।

काठमाडौं, ११ साउन । विश्वभर पछिल्ला दिनहरुमा साइबर आक्रमणको बढिरहेको समयमा चीनले यस्तो कम्युनिकेशन नेटवर्कको विकास गरेको छ जसलाई कसैले पनि ह्याक गर्न सक्दैन्।

चीनले बनाएको सो नेटवर्कमा कुनै पनि किसिमको ह्याकको प्रयास भएमा तत्काल पत्ता लगाउन सकिने छ।

चीनले विकाश गरेको सो प्रविधिलार्इ क्वान्टम क्रिप्टोग्राफी भनेर नामाकरण गरिएको छ जसलार्इ परम्परागत क्रिप्टोग्राफी भन्दा फरक मानिएको छ ।

सो कम्युनिकेसन नेटवर्क सिस्टम विश्वमा संचार प्रणालीको लागि नयाँ कोशेढुंगा मानिएको छ ।

चीनको जिनान प्रान्तमा ह्याक प्रुफ कम्युनिकेसन नेटवर्कमा काम भइरहेको छ जहाँ सरकारी निकाय, वित्तिय संस्था सैनिक तथा विद्युत विभागका करिब २ सय जना कर्मचारीहरुले आफ्ना संदेश सुरक्षित तरिकाले पठाउन सक्नेछन् ।

गत महिना परीक्षण भएको सो कम्युनिकेसन सिस्टम यहि अगष्ट महिनादेखि व्यवसायिक प्रयोगमा आउने जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीले जनाएको छ ।

यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । अहिलेको इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ट्याप गर्न तथा निगरानी गर्न सकिने भएपनि क्वान्टम संचार प्रणाली यस्तो खतराबाट पूर्णरुपमा सुरक्षित हुने बताइएको छ ।

विद्यमान संचार प्रणालीमा भन्दा फरक क्वान्टम नेटवर्कमा सन्देशहरु प्रकाश (पार्टिकल्स अफ लाइट) मा जोडिएर पहिलो र दोस्रो पक्षबिच आदान प्रदान हुन्छ।

यदि कुनै तेश्रो पक्षले नेटवर्क ह्याक गर्ने प्रयास गर्यो वा लाइट पार्टिकल्स पढ्ने कोशिश गरेमा पार्टिकल्स अफ लाइटको क्वान्टम चरित्रलार् नबदलिकन संभवन हुँदैन । जसले गर्दा या त त्यसको (की) परिवर्तन हुन्छ वा त्यो नष्ट हुन्छ । जसका कारण ह्याकरले संदेश पढ्न वा ह्याक गर्न असम्भव हुन्छ।

यो प्रविधिमा काम गरिरहेको संस्थाले राष्ट्रिय प्रतिरक्षा, वित्त तथा अन्य क्षेत्रमा यो नेटवर्कको प्रयोग गर्ने योजना बनाएको छ ।

गत वर्ष चीनले ह्याक प्रुफ कम्युनिकेसन नेटवर्कको परिक्षण गर्नका लागि एउटा स्याटेलाइट प्रक्षेपण गरेको थियो । त्यसैगरि देशको मुख्य शहरहरु बेइजिंग तथा सांघार्इको बीच एक लिंक पनि बनाएको थियो जसमा यसको परिक्षण गरेर ह्याक गरिएको पत्ता लगाउन सकियोस् । जुन दुई हजार किलोमिटर लामो कम्युनिकेसन नेटवर्क विश्वमै सबैभन्दा लामो हो ।

स्रोत

प्रकाशित: ११ श्रावण २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...