Technology Khabar ४ श्रावण २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपाली जुत्ता घर प्रा.लि.ले समर २०७४ सेल मेला शुरु गरेको छ ।
मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारी सहयोग नहुँदा उद्योग व्यवसाय फस्टाउन नसकेको बताए ।
नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईँले नेपाली कम्पनीहरु जुत्ता चप्पल विदेशमा निर्यात गर्न सक्षम भएपनि राज्यको नीति व्यवसाय मैत्री नभएको बताए ।
‘हामी प्रतिस्पर्धी छौं, तर, सरकारको नीति सहज नहुँदा विदेशी आयातीत उत्पादनले गर्दा बजार पनि छैन्,’ उनले भने ।
सेल मेलाको अवधिभर नेपाली जुत्ता घरको सम्पुर्ण शाखाहरु कुमारिपाटी, बागबजार अद्वैतमार्ग, चक्रपथ, बालाजु बुद्धमल लगायतमा भारी छुट उपलब्ध गराईने र साथमा विभिन्न आकर्षक अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सेल मेला एकमहिना सम्म सञ्चालन हुने छ ।
प्रकाशित: ४ श्रावण २०७४, बुधबार