ल्याण्डलाइनमा एक्टिभेसन शुल्क हट्यो, अब सबै पूरक सेवाहरु निशुल्क

Technology Khabar ३ श्रावण २०७४, मंगलवार

ल्याण्डलाइनमा एक्टिभेसन शुल्क हट्यो, अब सबै पूरक सेवाहरु निशुल्क
फाइल

काठमाडौं ।

काठमाडौं, ३ साउन । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न पूरक सेवाहरु (Supplementary Services) लिँदा लाग्ने एक्टिभेशन शुल्क (Activation Charge) हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ गतेदेखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालेको हो ।

ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ ।

त्यसैगरी आइएसडी (ISD) सेवा आफैले बन्द गर्न र खोल्न सकिने (Originating Restriction), बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ (Save) गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने (Abbreviated Dialling) र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने  कल  ट्रान्सफर सुविधा पनि सोही मिति देखि निःशुल्क भएको छ ।

टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने (Busy Transfer), ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट (Divert) हुने (No Answer Transfer), आवश्यक पर्ने समयमा अलार्म (Alarm) को रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल (Wake Up Call) र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ (Call Waiting) सुविधा पनि निःशुल्क लिन सकिने भएको छ ।

टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड (Locking Code) आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ ।

कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सकिने र यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको टेलिकमले जनाएको छ ।

प्रकाशित: ३ श्रावण २०७४, मंगलवार

तपाइको प्रतिक्रिया