जापानको फुकुओकामा आइएमईको नयाँ शाखा विस्तार

Technology Khabar २४ असार २०७४, शनिबार

काठमाडौं ।

जापान, २४ असार । जापानबाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा शाखा विस्तार गरेको छ । आइएमई क्योदाईले फुकुओका शहरको हाकातामा गत शुक्रबारदेखि शाखा संचालनमा ल्याइएको हो ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुरु गरिएको हो ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने बताए । आइएमईको छुट्टै पहिचान रहेकाले पैसा पठाउने बिश्वासिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद दिए ।

टोकियोपछि नेपाली बिद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली बिद्यार्थी सहित सबैको लागि सहजहोस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए ।

नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्सले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने बताइएको छ ।

आइएमईका नेपालभर १ सय ५५ आईएमई सेन्टरसहित रहेका छन् । साथै, ६ हजार १सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिट्यान्स सेवा दिइरहेको छ ।

प्रकाशित: २४ असार २०७४, शनिबार

तपाइको प्रतिक्रिया