आईफोन ८ मा ट्रू टोन ओएलईडी डिस्प्ले, ३ जीबीको र्याम र थ्रीडी सेन्सर राखिने

Technology Khabar २० असार २०७४, मंगलवार

आईफोन ८ मा ट्रू टोन ओएलईडी डिस्प्ले, ३ जीबीको र्याम र थ्रीडी सेन्सर राखिने
अार्इफोन ८ को संभावित डिजाइन

काठमाडौं ।

काठमाडौं, २० असार । एप्पलले यहि वर्ष सार्वजनिक गर्ने भनिएको आईफोन ८ (iPhone 8) को बारेमा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । केजीआई सेक्योरिटीजका चर्चित विश्लेषक मिंग जी कुओले आउन लागेको आईफोन ८ को बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरेका छन् ।

उनले यहि वर्ष भित्रै आउने आईफोनहरुका बारेमा १० अनुमान गरेका छन् । मिंग जी कुओकाअनुसार एप्पलले ४.७ इन्च, ५.५ इन्चको एलसीडी प्यानलको मोडल र आइफोन ८ मा ५.८ इन्चको ओएलईडी डिस्प्ले राखेर ल्याउनेछ ।

उनकाअनुसार आईफोन ८ ट्रू टोन ओएलईडीका (True tone OLED) साथमा आउनेछ भने यसको स्क्रीन टू बडी रेसियो बजारमा भएका स्मार्टफोनहरुभन्दा निकै धेरै हुने बताईएको छ ।

अार्इफोन ८ को संभावित डिजाइन

आईफोन ८ को सिग्नेचर राउण्ड सर्फेस हैप्टिक बटन हट्ने बताईएको छ तर यो डिभाइसमा कहाँ हुनेछ भनेर स्पष्ट भईसकेको छैन् ।
मिंग जीले आईफोन ८ मा कम्पनीले इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर नराख्ने दाबी पनि गरेका छन् । संभवत यो फोनको पछाडिको भागमा वा पावर बटनमा हुने अनुमान गरिएको छ ।

कुओले फिंगरप्रिन्ट रिडरलाई थ्रीडी सेन्सिंग सेल्फी क्यामराद्धारा रिप्लेस गरिने विश्वास गरेका छन् । त्यसका साथै सेल्फी क्यामराको गुणस्तर निकै उच्च हुनेछ ।

नयाँ आईफोन ८ मा बेजेल लेस डिजाइन हुने कुओको दाबी छ भने माथिल्लो भागमा फ्रन्ट क्यामरा राखिनेछ ।

आईफोनमा हुने मेमोरीको बारेमा भन्दा आईफोन ८, सेभेन एस प्लसमा ३ जीबीको र्याम हुनेछ तर ४.७ इन्चको आईफोन सेभेन एसमा भने २ जीबीको मात्रै र्याम हुनेछ । तीनैवटा मोडलमा आन्तरिक स्टोरेज ६४ जीबी र २५६ जीबीको हुने बताईएको छ।

कम्पनीले आईफोन सेभेन एसका दुबै फोनहरु सेप्टेम्बरमा आउने अनुमान गरिएको छ तर आईफोन ८ भने त्यसपछि मात्र बिक्री शुरु हुनेछ ।

माध्यम

प्रकाशित: २० असार २०७४, मंगलवार

तपाइको प्रतिक्रिया