Technology Khabar १४ असार २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १४ असार । मुलुकभर दोस्रो चरणको स्थानिय निर्वाचन उत्साहप्रदरुपमा भईरहेको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा चुनाव भएपछि दोस्रो चरणमा बुधवार प्रदेश नम्बर १, ५ र ७ मा चुनाव भईरहेको छ ।
दोस्रो चरणको चुनावमा नेपालीहरुको उत्साहजनक सहभागीतालाई विश्वको चर्चित सामाजिक संजाल फेसबुकले पनि सघाईरहेको छ ।
फेसबुकले आज नेपालीहरुलाई सहयोग गर्न र स्थानिय चुनावलाई सम्पन्न गराउन व्यक्तिगत फेसबुक पेजमा भोट गरेको र भोट गर्ने बुथको बारेमा जानकारी दिएको छ ।
फेसबुकले आफूले गरेको भोटको बारेमा जानकारी दिनका लागि पनि ‘सेयर योर भोटेड’ अप्सन दिएको छ भने मतदान केन्द्र थाहा पाउनका लागि पनि ‘फाइण्ड पोलिङ बुथ’ अप्सन दिएको छ । मतदान केन्द्र थाहा पाउने अप्सनमा क्लिक गर्दा निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा जान सकिन्छ ।
सो जानकारीमा आफ्नो सम्पर्कमा भएका कुन कुन साथिहरुले भोट गरे भनेर जानकारी पनि हेर्न सकिन्छ ।
यदि तपार्इले पनि मतदान गरिसक्नु भएको छ भने अाफ्नो अनुभव र फोटो वा भिडियोसहित फेसबुकमा पोष्ट गर्न सक्नुहुनेछ ।
प्रकाशित: १४ असार २०७४, बुधबार